भाषा दिवस २०८१ | बागमती प्रदेशमा नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषा घोषणा

9 months ago
5

भाषा दिवस २०८१ | बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजका भाषा

Bhasa diwas 2081 - Nepal bhasa and Tamang bhasa is now onward official language in Bagmati Pradesh.

बागमती प्रदेशमा सोमबारदेखि नेपाल भाषा र तामाङ भाषामा पनि सरकारी कामकाज हुने भएको छ।

अहिलेसम्म नेपाली भाषामा मात्रै सरकारी कामकाज हुँदै आएको थियो।

बागमतीको गत वैशाख १२ गते बसेको मन्त्रिपरिषद बैठकले नेपाली भाषाको अतिरिक्त नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा लागू गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयअनुसार सोमबार प्रदेशभर सार्वजनिक बिदासमेत दिइएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। 

नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनाउने मन्त्रिपरिषदको वैशाख १२ को निर्णय राजपत्रमा वैशाख २० गते प्रकाशित भइसकेको छ।

बागमतीमा नेपाल भाषा र तामाङ भाषा बोल्ने समुदायहरु छन्।

नेवा देय दबू , नेपाल तामाङ बोम्बो संरक्षण समाज लगायतका संघ संस्थाहरुले र्‍यालीसहित बसन्तपुरमा कार्यक्रम गरेका छन्।

#nepalbhasa #newarbhasa #newaribhasa #newari #rastriyebhasa #tamang #tamangbhasa #sarkaribhasa #officiallanguage #bagmatipradesh #bagmatibhasa #bagmati

Loading comments...