चिनियाँ राजदूतको मर्यादाहिन अभिव्यक्तिप्रति !

1 year ago
7

त्यही कुरा भारतीय राजदुतले बोलेको भए सामाजिक संजाल हेरिनसक्नु र सडकमा रेलिंग भत्किसक्थियो ।
नेपालका लागि चिनियाँ राजदूतले नेपाल भारत सम्बन्ध, नेपालको अर्थतन्त्र र नेपालको आर्थिक नीतिबारे विवादास्पद अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण र निन्दनीय हो। भारत जस्तो मित्रराष्ट्र, नेपालका लागि हुनु दुर्भाग्य रहेको भन्दै उनले नेपालले भारतलाई छाडेर, चीनको संगत गरे बढी लाभ हुने दाबी गर्नुलाई नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेपको रुपमा लिनुपर्छ। यति मात्रै होइन चिनियाँ राजदूतले भारत भन्दा चीनको अर्थतन्त्रसँग नेपाली अर्थतन्त्रलाई समाहित गर्नसके आर्थिक समृद्धि हासिल सहज हुने टिप्पणी गरेका हुन्।

Loading comments...